मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता «

मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि मेगा बैंकका जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरूलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरूले मेगा बैंकका देशभरिका शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवनबिमा गर्नुका साथै प्रिमियमभुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवाप्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्