महिला सहकारी संस्था नाफामा «

महिला सहकारी संस्था नाफामा

महिला सहकारी संस्थाको शनिबार बसेको २२ औं साधारण सभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफा बाट १५ प्रतिशत लाभांस सेयरधनी सदस्यलाई दिने निर्णय गरेको छ । संस्थाले आव २०७३/७४ मा ५४ करोड ६८ लाख ८५ हजार निक्षेप संकलन र ८७ करोड ५३ लाख ४८ हजार कर्जा लगानी गरी सञ्चालन मुनाफा ५ करोड ६६ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । संस्थाले नेपाल राष्ट्र बैंकको स्वीकृति लिइ काठमाडांै उपत्यकामा सीमित बैंकिङ कारोबार सञ्चालन गर्नुका साथै लघु वित्त कार्यक्रम सञ्चालन गरी ९ वटा शाखा कार्यालयमार्फत १६ हजार ६ सय २९ जना सदस्यहरु समुहमा आवद्ध गराई सो मध्ये ११ हजार ७ सय ५१ जना उद्यमीहरुले संस्थाबाट कर्जा लिई आयमुलक कार्य गरी आफनो जिवनस्तर उकास्न सफल भएका छन । संस्थाबाट ११ हजार ७ सय ५१ जना उद्यमीहरुले ७२ करोड ८ लाख ८५ हजार बिपन्न वर्ग कर्जा लिइ संस्थाको लघुवित्त कार्यक्रम सफल रुपमा सञ्चालन गरिएको छ । सामाजिक क्रियाकलाप संस्थाले गरिब तथा बिपन्न परिवारका महिला सदस्यहरुको स्कुल तथा कलेजमा अध्ययनरत जेहन्दार छात्राहरुलाई छात्रवृत्ति दिने सम्बन्धमा स्कुलतर्फ ८५ जना छात्रालाई ३ लाख ११ हजार ७ सय ३७ र कलेजतर्फ १८ जनालाई १ लाख ५ सय ६० रुपैयाँ बराबरको छात्रवृत्ति पनि प्रदान गरको छ । संस्थाले यस आवमा २ सय ११ जना महिलाहरुलाई सीपमूलक तरकारी खेती तालिम प्रदान गर्नुका साथै चाल्नाखेल प्राथमिक स्वास्थय सेवा केन्द्र फर्पिङमा निशुल्क स्वास्थय शिबिर आयोजना गरी २ सय ५० जना महिलाहरुलाई निशुल्क स्वास्थय सेवा प्रदान गरी बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्