सोलुमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा «

सोलुमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो शाखा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । बैंकले सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा शाखारहित बैंकिङ सेवाको सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले उद्घाटन गरिन् ।
उक्त शाखारहित बैंकिङ सेवाका लागि मानकुमार श्रेष्ठलाई स्थानीय प्रतिनिधि नियुक्त गरेको बैकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानियले बैंकिङ सेवा लिन सक्ने बताइएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवाका महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने पनि बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्