अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच सम्झौता «

अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिबीच नगद रहित बिमा दाबीसहितको बिमा कारोबार गर्न सम्झौता भएको छ ।
आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिसँग सवारी साधनहरुको दुर्घटना बापत बिमा दाबी प्रक्रियामा नगद रहित बिमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आइएमई मोटर्स प्रालि र आइएमई अटोमोटिभ्स प्रालिका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्