अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच सम्झौता «

अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच सम्झौता

 अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बिमालेख लिएका ग्राहकहरूले हस्पिटलमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात् नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थबिमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थबिमाबारे सचेतना वृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता गरेको
जनाएको छ । यसअघि ब्लूक्रस हस्पिटल, मेडिसिटी अस्पताललगायतसँग उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिट्टै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्