नयाँ शुल्क नलगाउन अमेरिका–चीन राजी

ब्यूनर्स आयर्स-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षि सि जिनपिङले ९० दिनका लागि नयाँ व्यापार भन्सार नलगाउने विषयमा सहमती जनाएका छन् । वार्ताका लागि बाटो खुला गर्नका लागि यसो गरिएको अमेरिकाले जनाएको छ ।
यो वर्ष व्यापार युद्ध सुरु भएपछि पहिलो वार्ताका रुपमा दुई नेताले जी–२० को सम्मेलनपछि ब्यूनर्स आयर्समा भेटघाट गरेका हुन् ।
चीनले जनवरी १ पछि कुनै पनि नयाँ भन्सार नलगाउने विषयमा सहमती भएको जनाएको छ ।
शनिबार आयोजना भएको शीखर सम्मेलनमा जी–२० का नेताहरुले व्यापारको विषयमा देखा परेको विभाजनको बोमा संयुक्त घोषणा सहमती जनाएका छन् । तर उनीहरुले संरक्षणवादको आलोचना भने गरेनन् ।
जी–२० को सम्मेलन अगाडि ट्रम्पले अमेरिकी मिडियालाई २०० अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाउन सक्ने योजना बनाउने अपेक्षा आपूmले गरेको बताएका थिए । यो भन्सारलाई सुरुमा सेप्टेम्बरमा ल्याइएको थियो । जनवरीमा सुरु भएको भन्सारलाई १० प्रतिशतबाट २५ प्रतिशत पुर्याइएको थियो ।
ह्वाइट हाउसले यो कदमलाई हाल निलम्वन गरिएको जनाएको छ । तर भनिएको छ,“यो समयावधीमा कुनै सम्झौतामा पुग्न सकिएन भने १० प्रतिशतको भन्सारलाई २५ प्रतिशतमा पुर्याइने छ ।
बदलामा ह्वाइट हाउसरले चीनले विशेष नखुलाइएको तर कृषि, उर्जा, औद्योगिक र अन्य उत्पादनहरु ठूलो परिमाणमा किन्न राजी भएको जनाएको छ ।
सुरुमा चिनियाँ टिभीले भनेको थियो,“जनवरी १ पछि ुकनै अतिरिक्त भन्सार लगाइने छैन र दुई पक्षबीचको छलफलले भने निरन्तरता पाउने छ ।”
दुवै पक्षले एक अर्काका सामग्रीमा अर्बौ डलरको भन्सार लगाएका छन् । जुलाईदेखि अमेरिकाले २५० अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाएको छ भने चीनले पनि ११० अर्ब डलरका अमेरिकी सामानमा बदलाको भन्सार लगाएको छ ।
ट्रम्पले अर्जेन्टिनामा हुने वार्ता असफल भएमा उनले बाँकि रहेका २६७ अर्ब डलरका चिनियाँ सामग्रीमा १० देखि २५ प्रतिशत सम्मको भन्सार लगाउने चेतवानी दिँदै आएका थिए ।
फ्रान्सेली नेता इमानुयल म्याक्रोनले व्यापार विवादको नियमन गर्ने विश्वव्यापी संस्था विश्व व्यापार संगठनलाई आधुनिकिकरण गरिनु आवश्यक भएको बताए ।
एक वरिष्ठ अमेरिकी अधिकारीले जी–२० को सम्मेलनमा पहिलो पटक विश्व व्यापार संगठन आफ्नो उद्देश्यमा हाल असफल भएको र सुधारको आवश्यकता भएको बताएका छन् ।
शुक्रबार ट्रम्पले जी–२० को साइडलाइनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरको रुसी अधिकारीले बताएको रोयटर्सले जनाएको छ । बुस परिवारको सम्मानका लागि ट्रम्पले योजनामा रहेको पत्रकार सम्मेलन पनि पर सारेका छन् । पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको ९४ वर्षको उमेरमा निधन भएपछि उनले योजनामा रहेको आफ्नो पत्रकार सम्मेलन पर सारेका हुन् ।