प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सिंह «

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।
आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पूरा गर्न नसकेको बताए । देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्