राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता «

राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरे ।
सम्झौतासँगै संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।
बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
बैंकका हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्