क्लासिक टेकको इन्टरनेट अब झापामा «

क्लासिक टेकको इन्टरनेट अब झापामा

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो सेवा झापाका प्रमुख बजार बिर्तामोड र दमकमा बिस्तार गरेको छ । कम्पनीले प्रदेश–१ का आफ्ना ग्राहकलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ आउटलेट क्लासिक टेकले बिर्तामोडको धन सूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदीप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको हो ।
क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए । सञ्चालनमा ल्याएका नयाँ आउटलेटबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना लिएको छ । यी आउटलेटबाट तीव्ररूपमा ग्राहकलाई सेवा उपलब्ध गराउन ४५ जना कर्मचारी कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिङ र मार्केटिङका लागि राखिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यसअघि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थालाई इन्टरनेट उपलब्ध गराउँदै आएको थियो । अब भने कम्पनीले सर्वसाधारण ग्राहकलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालय र कर्पोरेट कम्पनीका लागि समेत सो सेवा उपलब्ध हुनेछ । कम्पनीको सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीका लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका हुन् ।
कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ । यसका साथमा १५० टिभी च्यानल र युट्युब समेत हेर्न सकिने सुविधा भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्