आँबुखैरेनी र हरमटारीमा एनआईसी एशियाका शाखा

एनआईसी एशिया बैंकका २ नयाँ शाखा आँबुखैरेनी गाँउपालिका वडा नं. ३, आँबुखैरेनी र तनहुँ र गोरखा नगरपालिका–६, हरमटारी, गोरखामा शाखा खुलेका छन् । दुवै शाखाको सोमबार एक समारोहका बिच् औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको छ । आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिरबहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीबाट गोरखा शाखाको उद्घाटन भएको हो ।
शाखा सञ्जाल, पुूजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले देशभर १ सय ५६ शाखा कार्यालय, १ सय ४१ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।