Logo

उपमेयरद्वारा युरिनल सहितको सुलभ शौचालय शिलान्यास

मुगु– छायाँनाथ रारा नगरपालिका–स्थित महाकाली नमुना विद्यालय श्रीनगर, गमगढी, मुगुमा १० वटा युरिनल च्याम्बरसहित ८ वटा सुलभ शौचालय निर्माणको हुने भए पछि छायाँनाथ रारा नगरपालिमा मुगुका उपमेहरद्वारा शौचालय शिलान्यास गरेकी छन् ।
सदरमुकाममा रहेको विद्यालयमा अत्याधिक रूपमा विद्यार्थीहरूको चाप भएको तर विद्यालयमा शौचालय अभाव भएको हुँदा युनिसेफ नेपालको आर्थिक सहयोग तथा छायाँ नेपालको सहयोगमा सञ्चालित विद्यालयमा अपाङ्गता समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता र सुरक्षित खानेपानी समुदायका लागि प्राविधिक सहयोग परियोजनाअन्तर्गत अनुदानमा १७ लाख ४६ हजार ९ सय ०१.८७ पैसा र विद्यालयको लागत साझेदारी रकम १ लाख ८८ हजार ८ आठ सय ५४.२६ पैसा गरी कुल जम्म १९ लाख ३५ हजार ७ सय ५६.१२ पैसामा निर्माण हुन लागेको उक्त शौचालयमा निर्माण हुने भएको छ ।
विद्यालयमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था प्रवद्र्धन गरी शौक्षिक उपलब्धि बढाउने अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले महाकाली नमुना माध्यमिक विद्यालय श्रीनगरसहित छायाँनाथ रार नगरपालिका भित्र रहेका २५ वटा विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था प्रवद्र्धनका लागि शौचालय निर्माणका लागि सम्झौता भई कार्यन्वयन भइरहेको संस्थाका परियोजना संयोजक मीनबहादुर रावलले जानकारी दिएका छन् ।
विद्यालयमा पछिल्लो समयमा विद्यार्थीको चाप बढी रहेको र शौचालयको अभाय भएको हुँदा स्थानीय सरकारदेखि संघ–संस्थाहरूमा शौचालय निमार्णका लागि निकै पहल गरियो बल्ला युनिसेफ नेपालको आर्थिक सहयोग तथा छायाँ नेपालको सहयोग शौचालय बन्न सुुरु भएको छ । अब यो शौचालय बालमैत्रीक अपाङ्गता मैत्रिक, छात्रा, छात्रहरूको र शिक्षक शिक्षिकाहरूको फरक–फरक दिशा पिसाब गर्ने शौचालय निर्माण हुर्ने विद्यालय व्यवस्थापन समितिका अध्क्षय लोकेन्द्रबहादुर मल्लले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्