नेपाल विज्डम इन्भेष्टमेन्टको पहिलो भेला दुबईमा «

नेपाल विज्डम इन्भेष्टमेन्टको पहिलो भेला दुबईमा

नेपाल विज्डम इन्भेस्टमेन्ट प्रालिको प्रथम भेला दुबईको सिल्भर स्पोन रेष्टुरेन्टमा शुक्रबार सम्पन्न भएको छ ।
प्रवासमा रहेका नेपालीहरूको लगानीमा १३ अप्रिल २०१७ बाट सन्चालनमा आएको यो संस्थाले आफ्ना सेयर सदस्यहरूलाई शुक्रबारको कार्यक्रममा प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय मार्केटिङ समिति अध्यक्ष कैलाश अर्यालले गरेका थिए । अर्यालले आगामी साधारण सभामा विशेष प्रोजेक्ट लिएर जाने र उक्त प्रोजेक्टमा लगानी गर्ने जानकारी दिए । कुन क्षेत्रमा लगानी गर्ने भन्ने अध्ययन हुँदै गरेको जानकारी दिँदै मिनिमार्केट जस्ता क्षेत्रमा बढी जोड दिएको उनले बताए । इन्भेष्टमेन्टको ६० प्रतिशत युएई र बाँकी कतार , क्यानडा अनि बेलायमा रहेको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय मार्केटिङ समितिका सचिव सूर्य नेपालीले जानकारी दिएका थिए ।
पचास जना सेयर सदस्यबाट ८९ लाख रकम जम्मा गरिएको र अन्य बाँकी रकम बैंक ऋणबाट जम्मा गरिएको कार्यक्रममा जानकारी दिइयो । १ करोड १९ लाख होटल व्यवसाय र रियर स्टेटमा लगानी गरिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष रमेश सुवेदीले जानकारी गराए ।
विदेशबाट स्वदेश फर्कन थालिएको यो कदममा आफू पनि सहभागी हुने कार्यक्रमका प्रमुख अतिथि नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले प्रतिबद्धता जाहेर गरे । उनले भने, “हामी सबै नेपाल फर्कने तयारीमा लाग्नुपर्छ, सबै नेपालीहरूले स्वदेशमा लगानी गर्न सुरुवात गर्नु पर्छ” ।

 

प्रतिक्रिया दिनुहोस्