ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता «

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ प्राइभेट लिमिटेड बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङले भैरहवाको ओमसतिया ४ मा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने जनाएको छ । ग्लोबल आइएमई बैंक, बोधि होल्डिङले निमार्ण गर्ने परियोजनाको बैकिङ पार्टनरको रुपमा पनि रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्