कर्णाली प्रदेशकै पहिलो नगर प्रहरी छायाँनाथ रारामा

मुगु-छायाँनाथ रारा नगरपालिकाले कर्णाली प्रदेशकै पहिलो नगर प्रहरीको भर्ना गरेको छ । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले नगर प्रहरीको भर्ना लिई छनोट भएका ३१ जना रिक्रुट नगर प्रहरीलाई विशेष तालिमका लागि जिल्ला प्रहरी कार्यालयसँंग तालिकाको समन्वय गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले शान्ति सुरक्षा अमनचयन काम गर्न नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरी आधरभूत तालिमका लागि जिल्ला प्रहरी कार्यालयसँग सहर्काय गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुमार्फत उनीहरूलाई ३ महिना प्रहरीको आधारभूत तालिम सञ्चालन गरिनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेत ३ को ११ अनुसार नगरपालिका, गाउँपालिकाले नगर प्रहरी भर्ना गर्ने नियमअनुसार छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक ३१ जना नगर प्रहरी भर्ना गरेको छायाँनथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाही बताए ।
उनका अनुसार २०७५ सालबाट सुरु प्रक्रिय गरेको विभिन्न कठिनाइका बानजुत बुधबार एक चरणको खुट्किलो चढ्न सफल भएको र सफल उम्मेदारहरूलाई पेशागत, सैद्धान्तिक तथा व्यावहारिक आधारभूत तालिमका लागि जिल्ला प्रहरी कार्यालय सँगको समन्वयमा तालिमका लागि जिल्ला प्रहरी कार्यालय मुगुको जिम्मा लगाएको नगर प्रमुख शाहीले बताए ।
तालिमको उद्घाटनमा बोल्दै पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नगरपालिकाले नमुना कामको थालनी गरेको बताए । नगर प्रहरीले पनि उत्तरदायित्व भई सही ढंगले कार्यको बहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए ।
तालिममा रिक्रुट नगरप्रहरीलाई अनुशासन, नगरप्रहरीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरू, कार्यालय सुरक्षा विधि, सुरक्षालगायत नगरप्रहरीको १२ वटा अधिकार महत्वपूर्ण काम र ध्यान दिनुपर्ने कुराहरू, तथा खतराको मूल्यांकनका आधारहरू, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा आधारभूत तालिम दिइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश विकले बताए ।
उनका अनुसार बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाइ तथा फोहोर नियन्त्रण प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, बजार कर संकलन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा ३ महिना आधारभूत नगर प्रहरीलाई तालिमका बारेमा विशेष तालिम दिइने प्रहरी निरीक्षक विकले बताए ।
नगरपालिकाले भर्ना गरेको नगर प्रहरीमा प्रहरी सहायक निरीक्षक १ नगर प्रहरी हवल्दार ५ र नगर प्रहरी जवान २५ जना छन् ।