ओप्पोले अर्को वर्ष फोल्डेबल फोन ल्याउने

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले आगामी वर्षको सुरुवातमै फोल्डेबल फोन ल्याउने भएको छ । पछिल्लो समयमा फोल्डेबल फोन बजारमा ल्याउने चर्चा चले पनि उपभोक्तासम्म यस्तो फोन आइपुगेको छैन ।
सेल्फी एस्क्पर्टका रुपमा पहिचान बनाएको ओप्पोले २०१९ को फेब्रुअरी २५ देखि २८ सम्म आयोजना हुने मोबाइल वल्र्ड कंग्रेस प्रदर्शनीमा यस्तो फोन सार्वजनिक गर्ने घोषणा गरेको हो । हुवावे र एलजीले यसअघि नै फोल्डेबल फोन पाइपलाइनमा रहेको जनाइसकेका छन् । ओप्पोले भने पहिलो पटक फोल्डेबल फोन सार्वजनिक गर्ने तयारीमा छ ।
ओप्पोले आगामी वर्ष भाइज जी प्रविधिमा आधारित स्मार्टफोन समेत ल्याउने जनाइएको छ । २०२० सम्म स्क्रीनभित्र क्यामरा रहेको फोन लगाएतका नयाँ फिचरमा प्रवेश गर्ने जनाएको छ । ओप्पोका एफ नाइन, ए टु लगाएतका पछिल्ला उत्पादन नेपाल लगाएत विश्व बजारमा पाइन्छन् ।