राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको प्रिमियम दर घट्यो «

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको प्रिमियम दर घट्यो

राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको जनाएको छ ।
बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ तथा निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्