सिटिजन्स बैैंकको मोबाइल बैैंकिङ स्तरोन्नति

सिटिजन्स बैैंक इन्टरनेसनलले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्रति गरी नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा सुरवात गरेको छ । यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जीपीआरएस वा वाइफाइ प्रयोग गरेर समेत कारोबार गर्न सकिने बैकले जनाएको छ । यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न, यस बैंक भित्रको खाताबाट यसै बैंकको अर्को खातामाअथावाकुनै अर्को बैंकको खातामा ४० वटा विभिन्न बैंक, बिकास बैंक तथा वित्त कम्पनी रकम ट्रान्सफर गर्न,स्कुल, कलेजआदिको शुल्कतिर्न साथै क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिने छ ।