धार्मिक पर्यटकलाई लक्षीत गरी चैते दसैं मेला «

धार्मिक पर्यटकलाई लक्षीत गरी चैते दसैं मेला

बागलुङ-जिल्लामा भित्रिने धार्मिक पर्यटकलाई लक्षित गरी बागलुङमा चैतेदसंै मेलाको आयोजना गरिने भएको छ । पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध कालीका भगवती मन्दिर परिसरमा चैत्राष्टमीको अवसरमा वैशाख पहिलो साता मेलाको आयोजना गरिने भएको हो ।
मन्दिरको प्रचार प्रसारका लागि कालिका भगवती गुठीको तथा जिल्लाका स्थानीय तह, सामाजिक तथा व्यावसायीक संघ सस्थाहरुको संयुक्त आयोजनामा बैशाख ६ देखि १० गतेसम्म मेला सञ्चालन गरिने गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । ५ दिन चल्ने मेलाले घरेलु उत्पादन र कृषि उपजको प्रवद्र्धनमा टेवा पु¥याउने मेला आयोजकले जनाएको छ । मेलामा दर्शकको अकर्षण बढाउन कृषि तथा घरेलु उत्पादनको बजारीकरणसँगै खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता कालिका कप भलिवल, छेलोलगायतका प्रतियोगिता सञ्चालन गरिने खड्काले जानकारी दिए ।
चैत्राष्टमीमा मन्दिरमा पुजा गर्न आउने भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ । मेलामा १ सय २० भन्दा बढी व्यापारिक स्टल रहने खड्काले बताए । घरेलु तथा कृषि उपजलाई खुल्ला रुपमै व्यापार तथा प्रदर्शनको व्यवस्था मिलाइने छ । “जिल्लाको पहिचान र मौलिकता झल्काउने वस्तु तथा सामानहरु खुल्ला रुपमै बिक्री वितरण गर्ने प्रबन्ध मिलाउने छौं” खड्काले भने, “व्यवसाय प्रवद्र्धनका लागि व्यापारिक स्टलको पनि व्यवस्था गरिएको छ ।” कालिका भगवती मन्दिरको विकासका लागि रणनीतिक योजना बनाएर लागिपरेको गुठीले जनाएको छ ।
“मेला सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरेका छौं” अध्यक्ष खड्काले भने, “५ लाख दर्शकले मेलाको अवलेकन गर्ने अनुमान छ ।” धौलागिरिको कला संस्कृति, स्थानीय स्तरमा उत्पादित विभिन्न सामग्रीहरु र परम्परागत चल्दै आएको मेला जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ । मन्दिरको प्रचारका लागि गुठीले २०८० साललाई बागलुङ कालिका दर्शन वर्षको रुपमा मनाउने समेत निर्णण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्