नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा प्रचण्ड «

नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पुर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए ।
त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको उनको भनाइ छ ।
माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे । संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्