ग्लोबल आइएमई बैंकले ल्यायो ८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर «

ग्लोबल आइएमई बैंकले ल्यायो ८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर

ग्लोबल आइएमई बैंकले चैत १ गते देखि ‘८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको, एक हजारप्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री गर्नेछ । यस्तै बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको ऋण पत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाखकित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्ममा बन्द हुने गरी तोकिएको छ ।
ग्लोबल आइएमई बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५% का दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्