जलविद्युतको अध्ययन गर्न संसदीय समिति गठन «

जलविद्युतको अध्ययन गर्न संसदीय समिति गठन

 संसद्को अर्थ समितिले नेपालमा जलविद्युत् सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । जलविद्युत्को विकाससम्बन्धी नीतिगत, कानुनी, आर्थिक र प्राविधिक लगायतमा विभिन्न विषयमा अध्ययन गर्ने गरी संसदले उपसमिति गठन गरेको हो । पछिल्लो समयमा जलविद्युत् आयोजनामा अनुमतिपत्र (लाइसेन्स) लगायतबारे समस्या देखिएपछि समितिले यस्तो समिति गठन गरेको हो ।
सांसद घनश्याम भुसाल संयोजकत्वमा गठित समितिमा रामबाबु यादव, रामकुमारी झाँक्री, सरवत आरा खानम हलवाइनी र हरिराज अधिकारी सदस्य छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी दिइएको छ । समितिले जलविद्युत् आयोजनाको लाइसेन्सको अवस्था, यसका सर्त, आयोजनाको प्रगति लगायतबारे अध्ययन गर्नेछ । सो क्रममा उपसमितिले लाइसेन्स लिएको भारतीय कम्पनीले बुटबल पावर कम्पनी र चिनियाँ कम्पनीलाई लाइसेन्स बेच्न लागेको विषयमा समेत उपसमितिले अध्ययन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्