साथीभाइको हातबाट हेपिइन प्रधानमन्त्रीकी छोरी : लामा

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका–८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन् ।
कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका ओलीले अहिले २ वर्ष बितिसक्दा पनि अभिभावकत्व ग्रहण गरेका ओलीले पढाइ खर्चलगायत गाँस, बास, कपास सहजै रूपमा सहयोग नगर्दा पछिल्लो समय लामालाई प्रधामन्त्रीकी छोरी भनेर मात्र आफन्त बाट हेपिन पुगेकी हुन् ।
लामा अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत रहेकी छन् । उनको तिखो दिमाक भए तापनि पठन–पाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, डे«स, नहुँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।
घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र लामाकी बुवाको पनि निधन भएको हुँदा यसै समस्यालाई मनन गर्दै प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेका हुन् । अहिले घरमा बिहान बेलुका के खाआंै के लाऔं र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको परिवारको गुनासो छ ।
परिवारका अनुसार हाम्री छोरीलाई प्रधामन्त्रीले आफ्नी छोरी सरी मानि ग्रहण गरेका थिए र छोरी लामालाई उहाँलेनै सम्पूर्ण जिम्मेवारी लिए तापनि पठनपाठनलगायत अन्य स्रोतमा सहयोग नभएको उनीहरूको भनाइ छ । प्रधानमन्त्रीले अभिभावकत्व गरेको करिब ३ वर्ष पुग्दासमेत हालसम्म २ पटक मात्र १० ÷ १० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन् ।
छोरी लामालाई विद्यालयमा पठनपाठन गराउन खोज्दा विद्यालयमा रहेका साथीभाइ, गाउँघरका आफन्तहरूले पनि लामालाई प्रधानमन्त्रीकी छोरी भनेर मात्र जिस्काउने गरेको र यस्तो अवस्था सहन नसकेर नातिले आज–भोलि विद्यालय जान बिस्तारै हटाउन छोडेको लामाका बाजे छिरिङ क्यामा लामाले बताएका छन् ।
सोही रारा पर्यटन वर्षमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ्ग लामालाई ग्रहण गरिन् । उनको अवस्थामा पनि अहिले उस्तै छ । प्रधानमन्त्रीकी छोरी लामा र राधिका शाक्यले गरेकि छोरीको सहयोग भने एउटै पोखरीमा पानि खन्या जस्तै छ । यस्तै पूर्वशिक्षामन्त्री गिरिराज मणि पोखरले अभिभावकत्व गरेका छोरी र अन्य मन्त्री सांसदहरूले गरेको अभिभावकत्व पनि वारि र पारी बीचमा पुल रहे जस्तै भएको छ ।
यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्याका अनुसार लामाका अभिभावकसँग बुझ्दा खेरी पहिला दुई पटक मात्र सहयोग गरेको बुझियो र पछिल्लो समय कुनै पनि निकाय वा प्रधानमन्त्रीबाट सहयोग नआएको बताए ।