दुर्गम गाउँमा स्वास्थ्य सेवा «

दुर्गम गाउँमा स्वास्थ्य सेवा

तेह्रथुम- छथर गाउँपालिका–३ का ८१ वर्षका चन्द्रबहादुर लिम्बु दम र छातीको रोगले ग्रसितबन्दै आएका छन । लिम्बुले आफ्नो स्वास्थ्यउपचारकालागी धरान विराटनगर नै पुग्नुपर्छ । गाउँमा सुबिधासम्पन्न अस्पताल नभएकै कारण धेरै खर्च गरेर पनि उपचारका लागि अस्पतालको खोजी गरिरहेका हुन्छन् ।
सहजयातायातको साधान छैन तर पनी सेवालिनै पर्ने हुन्छ । यी र यस्तै समस्याहरूले ग्रसितबन्दै आएकानागरिकहरू । दुर्गम गाउँमानागरिकहरूलाई सेवादिने उद्देश्यका साथ छथर गाउँपालिका–४ फाक्चामारामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा २ सय ५७ जनाले सेवा लिए । ७६ वर्षका नेत्रबहादुर लिम्बु पनीलौरो टेक्दै शिविरसम्म पुगेर स्वास्थ्यजाँच गराए ।
गाउँ–गाउँमा स्वास्थ्य केन्द्रहरू रहे पनि अझै स्वास्थ्य उपचारको पहुँचमा नागरिहरू पुग्न सकिरहेका छैनन् । चन्द्रबहादुर र नेत्रबहादुर जस्तै धेरै ज्येष्ठ नागरिकहरूले शिविरबाट सेवालिनपाउँदा राहातमिलेको बताएका छन । आर्थीक रूपमा विपन्नवर्गका नागरिहरू चाहेर पनि स्वास्थ्य उपचारका लागि सुबिधासम्पन्न अस्पतालमा पुग्न सकेका छैनन् ।
परिवार धान्न नै समस्याले गुर्जि रहेका नागरिकहरूलाई यस्ता शिविरहरूले राहात प्रदान गर्दै आएको छ । लाइन्स अफ विराटनगर गुराँस लघुवित्त संस्थाको संयुक्त आयोजना तथा संन्जीजनी अस्पताल र आईभीएफ सेन्टर प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
खासगरी दुर्गम क्षेत्रका विपन्न नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरीएको लाईन्स क्लब विराटनगरका अध्यक्षमदन खतिवडाले जानकारी दिए । क्लबले बर्सेनि बिभिन्न जिल्लाहरूमा शिविरहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्