कर्णालीमै पहिलो विज्ञान प्रयोगशाला संचालनमा

जुम्ला: कणालीमै पहिलो पटक विज्ञान प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशाला भवनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
बुधबार जुम्लामा आयोजित एक कार्यक्रमका बिच भण्डारीले प्रयोगशालाको भवन औपचारिक उद्घाटन गरेकी हुन् । उनले कर्णालीका बालबालिकालाई बैज्ञानिक शिक्षा तर्फ अग्रसर गराउने हेतुल विज्ञान प्रयोशाला निर्माण गरिएको प्रति खुसी समेत व्यक्त गरिन् । चन्दननाथ माविले बैज्ञानिक शिक्षा आजको आबश्यकता भन्ने नारा लाई सार्थकता तुल्याउन गरेको प्रयासको उनले प्रसंशा गरिन् ।
अहिले संसोधन अनुकुलनको पाठयक्रम तयार गरेर अध्ययन अध्यायपन गर्न सुझाब दिदै उनले देशको अर्थतन्त्र मजबुद बनाउन कर्णाली पहिलो प्रथामिकतामा हुनुपर्ने बताइन् । समृद्ध कर्णालीका लागि राज्यले यथोचित ध्यान दिन नसकेकोले आफ्नो विशेष पहल रहने पनि बताइन ।
जिल्ला जुम्लामा निर्मित विज्ञान प्रयोगशाला बाट कर्णालीका विपन्न तथा आर्थिक अबस्था कमजोर भएकाहरुले बिशेष प्रथामिकता पाउने विश्वास व्यक्त गरिन् । उनँले भनिन्, ‘जुम्लालाई गहिरो ढंगबाट नियालेको छु, प्रयोगशालाको दिगो विकास र कर्णाली समृद्धीका लागि सरकारले ध्यान कर्णालीतिर केन्द्रित गर्न जरुरी छ ।’
जुम्ला बासीको नाममा सम्बोधन गरी सकेपछि उनी १० मिनेट लामो कृषि विषेश अन्तरक्रिया समेतसहभागी भइन् । कर्णालीको कृषिलाई आधुनिकीकरण गर्न आबश्यक रहेको उनको भनाई थियो ।