भुक्तानी प्रणालीलाई सहज बनाउन बीपीसीसँग आइमार्कको सहकार्य «

भुक्तानी प्रणालीलाई सहज बनाउन बीपीसीसँग आइमार्कको सहकार्य

काठमाडौं- नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत सहज बनाउन स्विट्जरल्यान्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ ।
स्मार्ट भिस्टा लेविश्वका कयौँ बैंक तथा वित्तीय संस्थाहरूको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिसकेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एसिया प्यासेफिकका प्रबन्धनिर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराए ।
उनले भने, “स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।” उनका अनुसार समग्र क्षेत्रका संस्थाहरू डिजिटल बैंकिङ प्रणालीमा आबद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले व्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ ।
बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ मा भएको हो, जसको नेपाल साझेदारका रूपमा सन २००७ मा स्थापना भएको आइमार्क प्रालि छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूलाई विविध रूपमा क्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ ।
बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटीएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन् । आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउनविगत ११ वर्षदेखि एक दर्जन बढी वाणिज्य बैंकहरूसँग सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्