पुष्पकमल दाहालद्वारा समृद्धिको रोडम्याप पुस्तक विमोचन «

पुष्पकमल दाहालद्वारा समृद्धिको रोडम्याप पुस्तक विमोचन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरूको आर्थिक स्तरमाथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताए ।
प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताए । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उहाँले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए ।
उनले भने, “सम्मृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरू अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरूले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन । समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्याय सहित सभ्यताको एउटा नयाँ उचाई छुदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो । ”
उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए ।
उनले भने, “नेताहरू भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्देन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र बैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।
एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कवि ले भन्नुभएको थियो –जनता नै खराब भएकाले नेता खराब भएका । तपाईहरू असल हुनु त नेता असल नभई सुख पाउँछ त ? –नेताहरू जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपुर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले सम्मृद्धिको सवालमा कैयौं प्रश्नहरू उठाएको भन्दै उहाँले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै समृद्धिको रोडम्याप अझै परिष्कृत हुँदै जाने विश्वास व्यक्त गरे ।
उनले भने, “सम्मृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईहंरुले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आईसकेको किताबको रुपमा पनि भन्न चाहन्न । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुँदै जान्छ भन्ने मैल ठान्छु । ”
पुस्तकमा आफूलाई गाली गर्नेहरूको जमातलाई विभिन्न नेताका क्रियाकलापसँग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दे उहाँले विरोधीले गरेको आलोचनाभन्दा पनि आफ्नो वर्गले आफूलाई ठीक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गरे । अध्यक्ष दाहालले मन नपराउनेहरूको एक समूहले धेरै पहिले आफूलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो ”बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभई तीनै लक्षित वर्ग र समुदायको हितको लागि भएको स्पष्ट पारे ।
उनले भने, “यथास्थितिवादी, परम्परावादी, लामो समय राज्य सञ्चालन जिम्मा लिएका मान्छेहरूलाई नाम पनि मन पर्दैन । काम पनि मन पर्दैन । उनीहरूले कहीँ न कहीँ टिप्पणी गरिनै राखेका हुन्छन् । मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ । मलाई आफ्नै वर्गले ठीक ढंगले चिन्यो कि चिनेन ? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु र आलोचना गर्नु किनभने मलाई एकाधरीले त मलाई मार्ने खोजेको हो नि त । अहिलेसम्म बाँचिरहिएको छ कताकताबाट । त्यो कस्ले बचायो भन्दा जनताले बचाएका हुन्, अरुले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त । तर म दुईचोटी प्रधानमन्त्री भईसकेँ । अब मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन । प्रधानमन्त्रीको निम्तिको लडाइँ पनि होइन मेरो । ”
आलोचकहरूले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छबि बनाउने कोशिष गरे उल्लेख गर्दै उहाँले लेखकले भने यथाअवस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रशंसा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्