माधव नेपाल समूहको छुट्टै भेला «

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।
बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सो समुहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।
सर्वोच्च अदालतले साबिकको नेकपा(एमाले) पार्टी ब्यँुताइदिएपछि माधव–झलनाथ पक्षका नेताहरु एमालेमै समाहित भएका छन् । तत्कालिन नेकपा(एमाले)को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समूहको बलियो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्