करैकरको मारमा परेका नागरिक «

करैकरको मारमा परेका नागरिक

3d people – man, people push up word “tax”

देश बेमौसमी र बोझिलो चुनावबाट जोगिएको छ, तर सत्ताको लुछाचँुडीको अन्त्य भने भएको छैन । यसै संविधानभित्र रहेर सरकार बनाउँदा पनि सकेसम्म स्वच्छ, युवापंक्तिका कम खर्चिलो, सानो आकारको, नयाँ अनुहारको मन्त्रिपरिषद् बन्न सके बेस हुन्थ्यो । झन्डै अढाई महिनामा बिनाप्रगति बढी खर्च गरेको छ देशले । सडकमा पोखिएर सरकार आपैmँले आलोच्य काम गरेको छ, जसबाट देशको खर्च धानिनसक्नु वृद्धि भएको छ । देशमा पालिएको पछिल्लो बोझिलो राज्यसंयन्त्रसँगै आमनागरिकहरू करको मारमा पिल्सिएका छन् । आन्तरिक र बाह्य ऋणले देश किचिएको छ । हरेक वर्ष बजेट प्रस्तुत हुन्छ, वर्षैपिच्छे बजेट संशोधन गरिन्छ । विकास बजेट त खर्चै हुन सक्तैन । हाल पनि आउने वर्षको बजेट तयारीतिर लागेको अवस्था छ । राहतको अपेक्षा गर्दागर्दै जनता भने आहतमा पछारिएका छन् । सेवा प्रवाहमा सुधार आउनुको साटो झन् बिग्रिएको अवस्था छ । कुनै बेला एक घण्टामा सवारी इजाजत लाइसेन्स प्राप्त गर्न र नवीकरणमा जम्मा १५ मिनेटको समयले हुन्थ्यो भने अहिले सवारी इजाजत नवीकरणका लागि रकम बुझाएको पनि ६ महिना नाघ्यो, लाइसेन्स नवीकरण भएको छैन, यही देश हो आपूmलाई बढी भएर धान, चामल निर्यात गरिन्थ्यो, यही देश हो एक कित्ता जमिनको नाम मात्रको रु. १ बुझाएपछि कर पर्याप्त हुन्थ्यो, यही राजधानीको गोँगबु काउली बारी थियो, सिंहदरबारवरिपरि धान बारी थियो, चाबहिल चोकमा कोदो फल्थ्यो, हेर्दाहेर्दै देश राजनीतिमा थला पर्न जानाले बागमतीमा पानी खान, नुहाउन सकिएन, अहिले विकासका नाममा देखिएको परिवर्तनसँगै जनता अत्यधिक करको मारमा परेका छन् । अत्यावश्यक सेवा भन्ने तर अचाक्ली कर असुली गर्नाले महँगीको मारमा पिल्सिएका जनतालाई घाउको चोटमा मल्हम लगाउने संयन्त्र तयार भएन । प्रतिनिधिसभा पुनस्र्थापना हुँदैमा देशको हालत फूमन्तरले सप्रन्छ भन्ने अवस्था छैन, यति हो कि प्रतिगमनको खतरा घटेको छ ।
एकाधिकार प्राप्त सरकारी निकाय आयल निगमले हप्ताकै दुई पटक भाउ वृद्धि गर्छ । खरिद मूल्यभन्दा दोब्बरमा तेल बिक्री गर्दा पनि आयल निगम घाटामा भनिन्छ । त्यसैमा दर्जनौँ आइटम करको मारमा छ । अत्यावश्यक भनिएको सञ्चार टेलिभिजन सरकारी सूचना हेर्न देख्न केवलवालाहरूलाई मनग्य पैसा तिर्नुपर्छ । राजनीतिक काम सडकमा ओर्लिएर नारा जुलुस गरिन्छ, तर सेवा प्रवाह अनलाइन नेटबाटै हुन्छ भनिन्छ, पठनपाठन संस्कृतिसमेत नेटबाट हुन थाल्नाले यसको दायरा बिस्तार भयो, तर त्यसैको चर्को मूल्य देख्दा मन कुँडिन्छ । जति तिर्नुपर्ने रकम हो त्यसकै बराबर मर्मत शुल्क भनेर दोब्बर शुल्क लिने गरिएको छ, नियमन निकायले बढी कर लिनाले यसो भएको भन्ने जवाफ प्राप्त हुने गरेको छ, जसबाट उपभोक्ता थप मारमा परेका छन् । इन्धनमा धेरै थरी शुल्क लिएभैmँ इन्टरनेटमा अचाक्ली शुल्क लिने गरेको तथ्य हालै सार्वजनिक भएको छ ।
इन्टरनेटमा ११ थरी शुल्क उठाइन्छ भनिएको छ । सुर्ती र मदिराजस्तै शुल्क लाग्नेमा परेको भन्दै विरोध पनि भएको देखिन्छ । सेवा प्रदायक कर, दूरसञ्चार शुल्क, राउटर, मनिटरिङ एन्ड टेक्निकल, सेटअप, भ्याट, पोल भाडा जोड्दा इन्टरनेटको शुल्क अधिक देखिन्छ । भनौँ विभिन्न शीर्षकमा ५० प्रतिशत बढी त शुल्क नै उठाइन्छ । वार्षिक प्रतिव्यक्ति धेरै आय भएका देशमा इन्टरनेटको लागत वाषर््िाक आयमा २ प्रतिशत मात्र देखिन्छ, तर अति कम विकसित देश हामीकहाँ यस्तो प्रतिशत ५ रहेको छ । दक्षिण एसियामै चर्को इन्टरनेट शुल्क भनी हाम्रो देशलाई भन्ने गरिएको छ । त्यसो त ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालको अध्ययनमा भ्रष्टाचारमा पनि हाम्रो देश निकै माथि देखाएको छ । धेरै पानी भएको देश यहीँ बिजुलीको चर्को मूल्य छ, पानी पनि राजधानीलाई नै दैनिक ४१ करोड लिटर चाहिनेमा दैनिक १२ करोड लिटर त्यो पनि निजी क्षेत्रको समेत गरी वितरण भएको अबस्था छ । सरकारले आफ्नो तीनवर्षे कार्यकालमा संसारलाई चकित गराउने काम गर्न सकेको भनिरहँदा जनता करैकरको मारले किचिएका छन्, पिल्सिएका छन् ।
सरकार बजेट बनाउँछ, विद्युतीय गाडीमा भन्सार बढाइदिन्छ, कार्यकारी प्रमुख भन्छन्, विद्युतीय गाडी सञ्चालन गरी देशमा प्रदूषण घटाइन्छ । ज्ञानका सामग्री पुस्तकमा कर थोपरिन्छ, मन्त्री परिवर्तन भएपछि केही संशोधन गरेजस्तो गरिन्छ । चुनावका बेला घरघरै लालपुर्जा वितरण, घरघरमा पानी, ग्यासको लाइन, छोराछोरीलाई निःशुल्क शिक्षा, वृद्धभत्ताको रकम दोब्बर पार्ने, रेल, मोनोरेल, सुरुङ बाटो, सस्तो बजार, बिजुली जस्ता धेरै–धेरै आशाका सपनाहरू बाँडिन्छन् । तर, ती आश्वासन पूरा गर्ने कता हो कता, अर्को चुनाव आइसक्छ, मौका परे पाँच वर्षपछि आउने नेता तीन वर्ष नपुगी भोट माग्न घरघरमा आउन बेर लाग्दैन । गएको ३०–३१ वर्षमा बेथितिको चाङ सगरमाथाभैmँ चुलिएको छ । आफ्नै उत्पादन जुत्ता, इँटा, टायल, कपडा, कागज, खाने अनाज हुने देशमा अहिले सबै थरी बिदेशबाटै ल्याउनुपरेको छ । आफ्नै देशको उत्पादन बिजुली निर्धक्क सस्तो मूल्यमा प्रयोग हुन नपाउनु, आफ्नै उत्पादन पानी मनग्य प्रयोग गर्न नपाउनु योभन्दा लाजमर्दो अरू के हुन्छ ? साना बचतकर्ताहरूले बचत ब्याज १३ प्रतिशत सम्म लिन सक्ने पहिलेको अवस्था परिवर्तन भई अहिले लगभग शून्यको अबस्था छ ।
राजनीतिक स्थिरताबिना केही प्रगति हुन नसक्ने विगतले देखाइसक्दा पनि नेताहरू ठूलो स्वरले सडकमा चिच्याइरहे । कहीँ नभएको जात्रा यहीँ भएको छ । एउटै दल सरकारमा हुन्छ, अनि आफ्नै दलका मानिसलाई सडकमा ओर्लेर विपक्षीलाई भैmँ गालीको वर्षा गराइन्छ । सबै कुरा नयाँ र अचम्म लाग्दा काम भएका छन् । इतिहासमा पहिलोपल्ट चार पूर्वप्रधान न्यायाधीशहरू अदालतमा बयान दिन पुग्छन्् र बहालवाला प्रधानमन्त्री आफ्नो सफाइ पेस गर्न अदालतै पुग्छन् । देशमा जन्मदै एउटा व्यक्तिको थाप्लोमा रु. ४६ हजार ३ सयको ऋणको बोझ पर्छ । यत्रा वर्ष देश चलाउँदा पनि नअघाएर अभैm पनि सत्ताकै लडाइँमै छन् दलहरू र तिनका नेता । सुरुमा लिगलिगेमा दौड प्रतियोगिता गराएर राज्यको साँचो लिएको इतिहास छँदै छ, अहिले पनि नुवाकोटमा गोरु जुधाउने परम्परा छँदै छ । अब देशका दलका मुख्य नेताहरूलाई पनि कुनै दौड प्रतियोगिता गराएर सिंहदरबार र बालुवाटार खाली गराउनु बेस होला, कारण सबै विकल्पहरू त आम जनताले दिइसकेका, सहिसकेकै हुन् ।
स्वास्थ्यक्षेत्रको अवस्था त्यस्तै छ । सेवा सर्वसुलभ त छैन नै, चिकित्सकको मनपरी शुल्कले बिरामीहरू पीडित छन् । हालै वृद्धि गरिएको शुल्क नलिन स्वास्थ्य मन्त्रालयले भने पनि त्यो आदेश कार्यान्वयन हुन गारो छ । पानीको मूल्य त्यस्तै छ, सरकारी धारामा पानी नआउने, बाध्य भई जार बा ट्यांकरको पानी निजी क्षेत्रबाट चर्को मूल्यमा उपभोग गर्नुपर्ने अवस्था छ । प्रशासनिक संयन्त्रहरू स्थिर छैनन्, एउटा सचिव वर्षमा ६ पटकसम्म सरुवामा पर्छ । बेथिति र लापरबाहीको चाङ ठूलै छ देशमा । सबै थरीको अधिक मूल्य वृद्धि छ, कसले नियमन गर्ने ? सरकार बेमौसमी बाजा बजाउँदै आफ्नै एजेन्डामा मस्त हुन्छ, सत्ता राजनीति फोहोरी खेल बनेको छ । नागरिक अगुवाहरू आपूmलाई असह्य भई सडकमा ओर्लिन बाध्य छन्, कार्यकारी प्रमुखको कदम प्रतिनिधि सभा विघटन प्रतिगमन भन्दै नागरिक घोषणापत्र जारी गर्दै नियमित सडकमा देखिए । छोरीबेटीहरूको जीवन उच्च जोखिममा छ । नाबालकहरू हत्या, हिंसा, बलात्कारका कारण सुधार गृहहरू भरिएका छन् । देशमा रोजगारी छैन, खर्च धान्नैका लागि पनि मानिसले अभद्र काम गर्न बाध्य छ । शिक्षा अति महँगो छ, सामान्य मान्छेले साना केटाकेटी पढाउनै सक्दैन, विद्यार्थीहरूको दैनिक खर्च धानिनसक्नु छ, ज्येष्ठ नागरिकहरू उस्तै पीडामा छन्, तातो, चिसो, औषधिमूलो, नाना, खाना, छाना मर्मत गरी दिने कोही छैन । ऋण काढेर बिदेसिएकाहरू बाकसभित्र फर्कन्छन्, साहूको ऋण तिरिदिने कोही छैन । दलमा लागेकाहरूको जीवनशैली उच्च छ, आलिसान महल, चिल्ला गाडी, सधैँ राजनीतिक रोजगारी मिलेकै अवस्था हुन्छ । बाँकी जनता पिल्सिएका छन् । देशमा प्रजातन्त्र, संघीयता, गणतन्त्र जे आए पनि उनीहरूको चुलोचौका हेर्ने कोही भएन ।
हामीकहाँ पहिलेभन्दा अहिले परिवेश मात्रै खुकुलो भएको हो । शिक्षामा अभिभावकले लगानी गरेका छन्, शिक्षामा राज्यले पनि लगानी गरेको हो तर बालुवामा हालेको पानीजस्तै भएको छ, विद्यार्थीहरू बाहिरिएका छन्, पैसा बाहिरिएको छ । शिक्षा रोजगारमूलक छैन, न शिक्षाले चेतनाको स्तर नै बढाएको छ । परिवर्तन व्यापक भएको छ । यसको रफ्तार ठूलो छ, तर शैक्षिक स्तरसँगै ज्ञानको स्तर बढ्न सकेन । सम्मान र मायामा कमी आएको छ । व्यस्त छन्, हाम्रा केटोकटीहरू मोबाइलमा, कम्प्युटरमा, इन्टरनेटमा, फेसबुकमा । पारिवारिक मिलन एक–अर्काप्रति, परिवर्तन कस्तो हुन्छ अघिल्लो दिन भन्न नसकिने, आकलन गर्न नसकिने भएको छ । पचाउनै नसकिने परिवेश, दिनदहाडै हत्या, हिंसा, लुटपाट, बलात्कार, ठगी, चित्कार, क्रन्दन के–के हो के, असह्य पीडा बोकी रहेछ नेपाली सामाजिक परिवेशले । शिक्षाको विकासले समाज परिवर्तन भयो तर सँगसँगै माया हरायो, दया लुक्यो, सहिष्णुता पन्छियो, धैर्यता गुम्यो, अनुशासन र शालीन सभ्यतालाई, संस्कारलाई बत्ती नै बालेर खोज्नुपर्ने भयो । रेडियोले मात्रै पनि काम दिएको थियो पहिले, अहिले सञ्चार सिंगै गोजीमा राखेर मोबाइल, नेट, टेलिभिजनलगायत सारा प्रविधि प्रयोग हुँदा झन् मानिस निराश छ, तड्पिएको छ, आशाको सट्टा निराशा र चित्कार बढेको छ । शारीरिक कष्ट ः दुःख भए पनि एउटा बलियो सामाजिक परिवेश थियो हिजो, तर आज त्यस्तो छैन । पहिले गोडा गल्ने गरी हिँड्नुपथ्र्यो । ठेला उठ्ने गरी रगत–पसिना बगाउनुपथ्र्यो, मीठो–मसिनो खाएकै हो । पिठ्युँको छाला खुइलिने गरी भारी बोक्नुपथ्र्यो । हो, त्यतिबेला गाह्रो थियो । जमाना मुना–मदनको परिवेश थियो । धन कमाउन गएको मदन भोटतिरै हराउँथ्यो । अहिले पनि त परिवेश उस्तै छ, पात्रहरू फरक भएका होलान्् । ५० डिग्री तापक्रम भएको खाडी मुलुकमा नेपाली तड्पिइरहेकै छन् । झन्डै एकतिहाई जनसंख्या विदेशमा कामको खोजीमा भौंतारिएकै छन् । हजारौं नेपाली विदेशी भूमिमा मरेका छन्, मारिएका छन् । दैनिक जहाजमा मरेका लासहरू आइरहेका छन् । मानिसहरू विदेश पलायन छन् । रगत बेचिएको छ । विप्रेषणले मुलुकको अर्थतन्त्र धानिएको छ । राज्यसंयन्त्रहरू अहिले धेरै भएर पनि सेवासुलभ भएन । संयन्त्रहरूमा बसेकालाई पाल्न गा¥हो भयो, अचाक्ली सेवाशुल्क, रकम असुल्नाले, तिनको विलासी जीवनको खर्च चलाउन जनताले तिर्ने कर धेरै भयो, बजार धानिसक्नु नै भएन । संयन्त्रहरू घटाई राजनीतिलाई पूरै अवैतनिक गराउनुप¥यो ।

प्रतिक्रिया दिनुहोस्