प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई «

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगन्ज- डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतीलाई समाप्त पार्दै एपीएफल नेपालगञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ ।
नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका छन् । एपिएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
उपाधि उचालेको एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । बाँके जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगितामा होङ्गान्जी न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यु डायमन्डले १ लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा नेपाल एपिएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । सरस्वतीले नगद २५ हजार प्राप्त गरिन् । यस्तै अन्य विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित हुँदा एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर चुनिए । एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक छानिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे ।
तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोट्र्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो ।

मेयर्सकप पुरुष क्रिकेट वाग्मतीलाई पहिलो सफलता
सोनु देवकोटाको कसिलो बलिङको मद्दतमा बागमती प्रदेशले राजधानीमा जारी मेयर्सकप एकदिवसीइ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा वाग्मती प्रदेशले एपीएफलाई २७ रनले पराजित गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । वाग्मतीले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रन मात्र जोड्न सक्यो ।
एपीएफका ओपनर आसिफ शेखले सर्वाधिक ५० रन जोड्दा शंकर रानाले २९, अमरसिंह रौटेलाले २७ र सन्दिप जोराले २५ रनको योगदान गरे । वाग्मतीलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा सोनु देवकोटाको ६ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले नन्दन यादवको अविजित ६० र कप्तान ज्ञानेन्द्र मल्लको ५७ रन मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३३ रनको योगफल तयार पारेको थियो । एपीएफका किशोर महतो र अमरले समान २ विकेट लिएका थिए । त्यस्तै वसन्त रेग्मी र अविनाश बोहोराको नाममा समान १ विकेट रह्यो ।
सहाब आलमले ७ विकेट लिएपनि त्रिभुवन आर्मी क्लबले मंगलबार नेपाल पुलिस क्लबसँग ३ विकेटले निराश भएको छ । मूलपानी मैदानमा आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउदै पूरा गरेको थियो ।पुलिसका ओपनर सुनिल धमलाले सर्वाधिक ३९ रन जोड्दा पवन शराफले अविजित २२ र दिलिप नाथले १५ रनको योगदान गरे । सुनिलले ४८ बलमा ३ चौ कार २ छक्का प्रहार गर्दा दिलिपले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । पवनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
८८ रनको लक्ष्य पछ्याएको पुलिसका ब्याटस्म्यानलाई आलमले दबाबमा राखेका थिए । ७ रन जोड्दा पुलिसले कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएको थियो । दोस्रो विकेटका लागि सुनिल र दिलिपले ४१ रनको साझेदारीका साथ पुलिसलाई सहज जित दिलाउने संकेत गरेका थिए । तर, नवांै ओभरको अन्तिम बलमा दिलिपनाथ, दसौं ओभरको पहिलो र अन्तिम बलमा क्रमश अनिल शाह र अमित श्रेष्ठलाई गुमाएपछि पुलिस दबाबमा परेको थियो । त्यसपछि ब्याटिङका लागि आएका कप्तान दिपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन् । सातौ विकेटका लागि धमला र पवनले २६ रनको साझेदारिक साथ पुलिसको सहज जित पक्का गरेका थिए ।
पुलिसविरुद्ध आलम एक्लैले ७ विकेट लिएपनि आर्मीको हार भने टार्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी पुलिसका बलरसामु निहिर देख्दा ३०.१ ओभरमा मत्र ८७ रनमा सीमित भएको थियो । आर्मीका लोकेश बमले सर्वाधिक ३२ रन जोड्दा बिक्रम सोबले १४ र रोहित पौडेलले १३ ले रनको योगदान गरे ।अन्य कुनै पनि ब्याटस्म्यानले दोहारो अंक छुन सकेनन् ।
पुलिसका सागरले ५, पवनले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्