Logo

धुलिखेललाई ‘खरायोको मासुका लागि हब’ बनाइने

अन्य मासुको तुलनामा स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिएको खरायोको मासुप्रति उपभोक्ताको रुचि बढिरहेको छ । पभोक्ताको रुचि बढे पनि खरायोको मासुको फाइदाका बारेमा पर्याप्त जानकारी नभएकाले खरायोको मासुको खपत वजारमा न्यून छ । उपभोक्ताको निम्ति स्वस्थ र स्थानीयस्तरमा उत्पादित खरायोको मासुको प्रवद्र्धन गर्ने उद्देश्यले द हिमालयन ¥याबिट फार्म सक्रिय हुँदै आएको छ । उपभोक्ताका लागि स्वस्थकर र स्वच्छ खरायोको मासु धुलिखेलस्थित होटल र रेस्टुराँमा उपलब्ध गराइ स्थानीयहरूलाई खरायो पालनको अवसर दिलाउने उद्देश्यले द हिमालयन ¥याबिट फार्म र धुलिखेल होटल संघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी खरायोको मासुको हबका रूपमा विकास गर्ने जानकारी गराएको छ । 
हिमालयन ¥याबिट फार्मले क्षेत्रीय होटल व्यवसायी संघ धुलिखेलसँगको सहकार्यमा अन्य सरकारी निकायसँग समन्वय गरी धुलिखेललाई खरायोको मासुका लागि हब बनाउने रणनीति तय गरेको छ । सोही सिलसिलामा होटलमा कार्यरत सेफहरूलाई खरायोको मासुको परिकार ती होटलको मेनुमा समावेश गर्न र परिकार बनाउने क्षमता विकास गर्न धुलिखेलमा रहेको १० होटलका सेफाहरूलाई प्रशिक्षित गराइएको छ ।  द हिमालयन ¥याबिट फार्मका सञ्चालक उज्ज्वल चापागाईँले धुलिखेलमा रहेका होटलहरूमा खरायोको मासु उपलब्ध गराइने भएकाले सेफहरूलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । “खरायोको मासुका लागि धुलिखेललाई हबकारुपमा विकसित गरिने योजना छ,” उनले भने, “त्यसकै लागि हामी सक्रिय भएका छौँ ।” 
प्रशिक्षणमा विशेष गरी खरायोको स्वस्थ मासुको फाइदाका बारेमा जानकारी गराइएको थियो । खरायोको मासुको परिकार कसरी बनाउने भन्ने बारेमा वरिष्ठ पाकशास्त्री सन्दीप खत्रीले प्रशिक्षण दिएका थिए । धुलिखेलमा सञ्चालित विभिन्न होटलमा कार्यरत १० जना सेफहरूलाई खरायोको मासुको ५ प्रकारका परिकार बनाएर प्रशिक्षण दिइएको थियो । वरिष्ठ पाकशास्त्री खत्रीले अरु मासुभन्दा खरायोको मासु अन्य मासुको तुलनामा पकाउन सहिजलो र स्वास्थ्यका दृष्टिकोणले अत्यधिक फाइदाजनक रहेको बताए । प्राकृतिक तवरले उत्पादन हुने हुँदा अन्य मासुको तुलनामा सुरक्षित र स्वस्थकर मानिने उनको भनाइ थियो । खरायोको मासु सबैभन्दा स्वस्थकर मानिएकाले नेपालमा पछिल्लो समय व्यावसायिक खरायोपालन विस्तार हुँदै गएको छ । हिमालयन ¥याविट फार्मले ग्रामीण क्षेत्रका किसानहरूलाई खरायोपालनसम्बन्धी तालिम र प्रविधिमा पनि सहयोग पु¥याउँदै खरायोको मासु उत्पादन र वजार प्रवद्र्धनका लागि अभिप्रेरित गर्दै आइरहेको छ । त्यसैगरी उच्च गुणस्तरीय र व्यावसायिकरुपमा खरायोको मासु नेपालका सबै ठाउँमा पु¥याउन पनि हिमालयन ¥याबिट फार्म सक्रिय हुँदै आएको छ । प्रशिक्षणमा खरायोको मासुको विभिन्न परिकार बनाउने बारेमा व्यावहारिक ज्ञान दिइएको थियो । प्रशिक्षणले मासुको परिकार बनाउन सहयोग पुग्ने र यसबाट उपभोक्तामाझ होटल व्यवसायीलाई खरायोको परिकार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । खरायोको मासु अरु मासु पकाएकोजस्तो झन्झटिलोसमेत नभएकाले ग्राहकलाई छिटो सेवा दिन सकिने बताइन्छ । यसको परिकार बनाउन सहज छ । नेपालमा मासुका लागि विशेष गरी सोवियत चिन्चिल्ला, न्युजिल्याण्ड ह्वाइट र क्यालिफोर्निया जातका खरायोहरू पालिने गरिएको छ । खरायोको मासुमा अत्यधिक प्रोटिन पाउने र धेरै कम मात्रामा चिल्लो पदार्थ हुने भएकाले खरायोको मासुका परिकारहरू मुटुरोग, डायबिटिज, दम भएका व्यक्ति, गर्भवती र सुत्केरी महिला, ग्यास्ट्रिक, वृद्धदेखि सम्पूर्ण उमेरसमूहका व्यक्तिहरूलाई लाभदायक मानिने धुलिखेल अस्पतालका चिकित्सक डा. सुजन माकजु श्रेष्ठले बताए । मानव स्वास्थ्यका लागि लाभदायक र स्थानीय कृषकहरूको जीवनस्तरमा परिवर्तन गर्न सहयोगी हुने खरायो पालन व्यवसायलाई विस्तार गर्न धुलिखेलका होटलहरूले खरायोको मासु विशेष परिकारकारुपमा राख्नुपर्ने हिमालयन होराइजन होटलका संस्थापक बेलप्रसाद श्रेष्ठले बताए । उनले होटलको मेनुमा खरायोको मासु राखेर धुलिखेललाई खरायोको मासुको हबकारुपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास थियो ।  खरायोले विशेष गरी दुबो, किम्बू, भटमास, जौ, सखरखण्ड, गहँु, सिमी तथा डाले घाँस खाने भएकाले यसको मासु हाइजेनिक र मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । द हिमालय ¥याबिट फार्मले खरायोको मासु उत्पादन गरी नियमितरुपमा होटलहरूमा उपलब्धता गराउने भएको छ । यसरी उत्पादित मासुको परिकार बनाएर आफ्ना ग्राहकलाई सेवा दिन धुलिखेल होटल संघ लागि पर्ने धुलिखेल होटल संघकी सचिव ज्योत्सना सैंजुले बताइन् । द हिमालय ¥याबिट फार्मबाट उत्पादित खरायोको मासु उच्च गुणस्तरीय, हाइजेनिक, जैविक र रसायनमूक्त रहेको छ । यसले सहयोग गर्दै आइरहेका विभिन्न खरायोपालक व्यवसायीको फार्मबाट उत्पादित हुने मासुको वजार विस्तारसमेत गर्दै आएको छ । खरायो पालन व्यवसायलाई आधुनिक तौर तरिकाको प्रयोग गर्न सके एउटै माउ खरायोबाट वार्षिक २० देखि २५ हजार रुपैँयासम्म आम्दानी गर्न सकिन्छ । खरायोहरू बयस्क हुँदा २ दशमलव ५ देखि ४ किलोसम्मका हुन्छन् । व्यावसायिक रूपमा पाल्दा प्रत्येक दुई–दुई महिनामा बच्चा जन्मन्छन् । एक पटकमा १२ वटासम्म बच्चा एउटा माउले जन्माउँछ । खरायो जन्मेको चार महिनामा मासुको लागि उपयुक्त मानिन्छ । खरायोको मासु भने प्रतिकिलो ९ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्