एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।
लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । सोमबारको पहिलो खेलमा एपिएफले न्यूडायमण्ड एकेडेमीलाई ३–१ ले जित निकालेको थियो । एपीएफले न्यूडायमण्डलाई २३–२५, २५–१३, २५–१५, २५–२२ अंक अन्तर पार्दै जित हात पार्न सफल भयो र उक्त खेलमा एपिएफकी विना बुढाथोकी म्यान अफ द म्याच भइन् ।
त्यस्तै मंगलबार भएको दोस्रो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । सोमबारको खेलमा पुलिस क्लवले त्रिभुवन आर्मीलाई ३–१ सेटमा हराउँदै आगामी यात्रा तय गरेको हो ।
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १५–२५, २५–१८, २७–२५ र २५–२३ अंक अन्तरमा पराजित गरेको छ । सो खेलमा नेपाल पुलिस क्लबकी मनिषा चौधरी म्यान अफ द म्याद घोषित भइन् । आजको खेलमा पुलिसको जितसँगै अब पुलिस र एपीएफबीच मंगलबार अन्तिम दिनको खेल फाइनल सरह भएको छ ।