खाना पकाएको आगो ननिभाउँदा नरैनापुरमा ठूलो क्षति, २२ घरगोठ जलेर नष्ट «

खाना पकाएको आगो ननिभाउँदा नरैनापुरमा ठूलो क्षति, २२ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा आगलागी हुँदा ठूलो क्षति भएको छ । खाना पकाएर चुल्होको आगो ननिभाउँदा आगलागी भई २२ घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको हो ।
स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरमा खाना पकाएर त्यसै छोडेको चुल्होको आगो हावा चलेपछि फुसको घरमा आगो सल्केको र क्रमस गाउँका अन्य घरमा पनि आगो लागेको स्थानीयको भनाई छ ।
राप्तीपारीको विकट क्षेत्र मानिने सो क्षेत्रमा सोमबार दिउसो ११ बजे सुरु भएको आगलागी बाट झण्डै २७ लाखको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । नरैनापुर गाउँपालिकाले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरि तत्काल क्षतिपुर्ति दिने अध्यक्ष मोहमद ईस्तियाक शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्