नेपालगञ्जमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्म निर्माण «

नेपालगञ्जमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्म निर्माण

अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्म निर्माण काठमाडौँ, २५ फागुन । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित नेपाल आयल निगमको स्वामित्वमा रहेको ११ कठ्ठामा निर्माणाधीन …अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प । तस्वीर सौजन्य : नेपाल आयल निगम/रासस

नेपाल आयल निगमले बाँके जिल्लाको नेपालगञ्जस्थित रत्न राजमार्गमा अटोमेसन सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा आर्दशनगरस्थित निगमको ६ कठठा ११ धुर जग्गामा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्न लागिएको हो । अहिले पम्पको निर्माण कार्य भइरहेको नेपाल आयल निगम इन्धन तथा हवाई इन्धन डिपो नेपालगञ्ज कार्यलयले जानकारी दिएको छ । कार्यलयकी प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिए । अटोमेशनसहित साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमुना पम्पका रुपमा रहेको उनको भनाइ छ ।
निगमले आफनै जग्गामा पहिलो पटक अटोमेशनसहितको अत्याधुनिक पेट्रोल पम्म निर्माण गरेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका डिस्पेन्सिङ मेसिन राखिने छ । मुलककै पहिलो अटोमेसनसहितको पम्पमा ओपनिङ्ग, स्कट, क्लोजिङ्ग स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाट हेर्न सकिने छ ।
पम्प सौर्य उर्जाबाट समेत सञ्चालन हुने निगमले जानकारी दिएको छ । पम्पभित्र एटीएम कार्डबाट विल पेमेन्ट गर्न सकिने, अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई वटा छानो वा क्यानोपी निर्माण गरिने छ । अग्नि नियन्त्रणका लागि ४ वटा ७० केजी र १० वटा १० केजी क्षमताका ड्राई केमिकल पाउडरसहितको फायर एक्सिटङ्गसर राखिने छ । पम्पमा अपाङ्ग मैत्री शौचालय निर्माण गरिने छ । केमिकल फोमसहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम जेठ अन्तिमसम्म सम्पन्न हुने निगमले जानकारी दिएको छ । पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जनाएको छ ।
पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातावरण अनुकुलित बनाइने डिपो कार्यालयले जनाएको छ । निगमको आफनै जग्गामा निर्माण हुने पम्प सञ्चालन व्यवस्थापन निगमका आफ्नै कर्मचारीहरु समेत संलग्न हुने छन् । नेपालगञ्ज डिपोमा ३० हजार लिटर पेट्रोल र ७५ हजार लिटर डिजेलको भण्डारण क्षमता रहेको छ । निगमले रुपन्दे्रहीको भैरहवामा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गरी गत वर्षदेखि नै सञ्चालनमा आएको छ । यो सँगै निगमको आफनै लगानीमा दुई वटा पम्प हुने गर्छ ।
निगमले अन्य ठाउँमा समेत आफ्नै पम्प सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारको सहकार्यमा विभिन्न स्थानमा पम्प स्थापना गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । निगम आफैंले पम्प सञ्चालन गर्दा जुनुसुकै बेला पनि इन्धनको वितरणमा हुने हुँदा उपभोक्तालाई सहज हुन्छ । निगमको आफैं पम्प नहुँदा निजी व्यवसायीले बन्द हडताल गर्दा बजारमा इन्धनको अभाव हुने गर्छ । हाल निजीस्तरबाट मुलुकभर एक हजार पाँच सय संख्यामा पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्