टाटा नेक्सनको बुकिङ सुरु «

टाटा नेक्सनको बुकिङ सुरु

टाटा मोटर्सले बोल्ड र स्पोर्टी एसयूभी टाटा नेक्सनको बुकिङ सोमबारदेखि सुरु हुने भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ कारको बुकिङ खुलाएको हो ।
सहरी क्षेत्रका लागि सहज र उत्कृष्ट मानिएको टाटा नेक्सनमा कारमा हुनुपर्ने सबै विशेषता समावेश गरेको दाबी कम्पनीको छ । उत्कृष्ट पर्फर्मेन्स र स्पोर्टी लुक भएको यस टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’मा आधारित टाटा मोटर्सको चौथो उत्पादन हो ।
टाटा नेक्सनको बुकिङका लागि उपभोक्ताले २५ हजार रुपैयाँमा गर्न सक्नेछन् । इन्डिया अटो एक्सपो २०१४ मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेलादेखि नै चर्चाको विषय बनेको टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड प्यासेन्जर भेइकल डिभिजन सुजन रोयले बताए । पृथक स्टाइलिङ र तारिफ योग्य विशेषताहरुले टाटा नेक्सन युवा ग्राहकहरुको लागि सहरी क्षेत्रमा उत्कृष्ट सावित हुने उनको विश्वास छ । नेक्सनको साथ नेपालमा तिव्र गतिले बढ्दै गरेको एसयूभी वर्गमा नयाँ बेन्चमार्क तय गरेको रायको दाबी छ ।
टाटा नेक्सनमा दुई नयाँ इन्जिन, रिभोट्रोन सिरिजको १.२ लिटर टर्बोचार्जयुक्त पेट्रोल र १.५ लि डिजल इन्जिनमा उपलब्ध हुनेछ । सहज र सरल ड्राइभको लागि ६ स्पिड ट्रान्समिसन कारमा उपलब्ध हुनेछ भने नेक्सनमा २ सय एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्