प्रभु बैंकको खाता खोल्ने अभियानमा पौने तीन सय जनाले खाता खोले «

प्रभु बैंकको खाता खोल्ने अभियानमा पौने तीन सय जनाले खाता खोले

गजुरी-नेपाल राष्ट्र बैंको सबै स्थानीय तहमा बैकिङ सेवा तथा सबै नेपालीहरुको एक बैंकमा खाता अनिर्वाय भन्ने नारासहित प्रभु बैंक गजुरी शाखाले अभियान सञ्चालन गरेको छ ।
कोही नछुटुन, कोही नदोहोरिउन भन्ने नारासहित गजुरी र मलेखुलाई लक्षित गरी सञ्चालन गरेको अभियानमा ४० वटा पसमा क्युआर कोड दर्ता तथा वितरण र २ सय ७५ जनाले निःशुल्क खाता खोलेको शाखा प्रवन्धक दीपक सिम्खडाले बताए । क्युआर कोर्ड वितरणले ग्राहकलाई नगद बोक्नुपर्ने झन्जट हटेको छ भने व्यावसायीलाई नगद जम्म गर्न पुग्नुपर्ने बाध्यता हटेको छ । यस बंैकमा यस अघि सात हजार सक्रिय ग्राहक रहेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्