पाइलट निदाएपछि ४६ किलोमिटर पर पुग्यो विमान «

पाइलट निदाएपछि ४६ किलोमिटर पर पुग्यो विमान

क्यानबेरा-बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना भएको हामीले सुनेका छौ । तर अस्ट्रेलियामा एक विमानका पाइलटनै निदाएर विमान गन्तव्य भन्दा ४६ किलो मिटर पर पुगेको छ ।
यो घटना ८ नोभेम्बरको हो । उक्त दिन चार्टर्ड वेटेक्स एयर फ्लानइटमा यो घटना भएको हो । उक्त समयमा विमान तस्मानियको किङ आइल्यान्डबाट डेभनपोर्टतर्फ आइरहेको थियो । उक्त विमान किङ आइलाइन्डका पाइपर पीए–३१ थियो । यद्यपि उक्त विमानमा केबल पाइलट मात्रै थिए । यो विषयमा अस्ट्रेलियको यातायात सुरक्षा विभागले जाँच गरिरहेको छ । विभागका अनुसार यो मामिलालाई लिएर पाइलटसँग सवाल–जवाफ गरिनेछ र वेटेक्स एयर प्रोसिजरको पनि समीक्षा हुनेछ ।
फ्लाइट ट्रेकिङका अनुसार उक्त विमानले ४६ किलोटिर बढीको दुरी तय गरेर फ्लाइट किङ आइल्यान्ड विमानस्थलमा विहान ६ः२१ बजे सुरक्षित अवतरण भएको थियो ।
यो विमानको यात्रु क्षमता ५ देखि ७ रहेको छ । यो ट्वीन इन्जिन विमानको क्रुजिङ गती लगभग ३८० किलोमिटर प्रति घन्टा तथा १९०० किमी रहेको छ ।
जाँचकर्ताहरुले यसलाई गम्भिर घटना भएको बताएका छन् । उनीहरुले अन्तिम रिपोर्टपूर्व प्रमाण एकत्रित गर्ने बताएका छन् । रिपोर्ट जाँचको अन्त्यमा जारी गरिने र २०१९ को मार्च सम्ममा आउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्