Logo

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशियाको क्यूआर कोर्ड भुक्तानी सेवा

नगदरहित कारोबारलाई विस्तार गर्दै डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया बैंकले प्रदेश १ का विभिन्न शहरमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर कोर्ड भुक्तानी सेवा उपलब्ध गराएको छ ।
बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे । बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोर्ड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्कृनमै क्यूआर कोर्ड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
फोन पेमा आबद्ध बैंकका ग्राहकहरूले उक्त डिपार्टमेन्टका स्टोरहरुबाट क्यूआर कोर्ड भुक्तानी लिनसम्ने बताइएको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर कोर्डबाट भुक्तानी गर्नेहरुको संख्या तीव्ररुपमा वृद्धि भइरहेको बैंकले जनाएको छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहेर नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आएको भन्दै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग थालेको बैंकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्