नेविसंघको १२ औं महाधिवेशन पुस २८ देखि «

नेविसंघको १२ औं महाधिवेशन पुस २८ देखि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महाधिवेशनको नयाँ मिति घोषणा गरेको छ । मंगलबार अध्यक्ष नैनसिंह महरले पत्रकार सम्मेलन गर्दै पुस अन्तिम हप्ता महाधिवेशन गर्नेगरी मिति घोषणा गरेका हुन् ।
जसअनुसार पुस २८, २९ र ३० गते संघको १२औं महाधिवेशन हुने तय भएको छ । मंसिर २२ गतेदेखि अधिवेशनका कामहरु हुने अध्यक्ष महरले बताए । २२ गते माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, सिटीईभीटी र क्याम्पसका अधिवेशन तय गरिएको छ ।
मंसिर २५ मा स्थानीय तहका अधिवेशन हुनेछन् । पुस ८ भित्र उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयका अधिवेशन हुनेछ । पुस १४ गतेभित्र ७७ वटै जिल्लाका अधिवेशन तोकिएको छ । पुस २० भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने तयारी छ । संघले दुई दिनभित्रमा सबै तहमा प्रतिनिधि पठाउने र यसपटक निर्धारित मितिमै महाधिवेशन हुने उपाध्यक्ष निलकण्ठ रिजालले बताए ।
पटकपटक तय हुँदै र सर्दै आएको महाधिवेशन पार्टीले केन्द्रीय समितिको थप गरेको २ महिनाको समय सीमाभित्र गरिसक्नुपर्नेछ ।

यस्तो छ अधिवेशन तालिका
मंसिर २२– मावि, उमावि र क्याम्पस
मंसिर २५ भित्र– स्थानीय गाउँ, नगर
पुष ८ – उपत्यकाका क्याम्पस, विश्वविद्यालय
पुष १४ गतेभित्र– ७७ जिल्ला
पुष २० गतेभित्र– ७ प्रदेश
पुष २८,२९ र ३०– केन्द्रीय महाधिवेशन

 

प्रतिक्रिया दिनुहोस्