पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस «

पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस

नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनीकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्षकमला पराजुलीले बताएका छन् ।
नेवाःपत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभई राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताए ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रमरुवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनुपर्ने माग भएको भन्दै सबै महिला श्रमिक भएका कारण पनि श्रमिक महिला दिवस भन्नु उपयुक्त रहेको उनको भनाइ थियो ।
महिला जीवनलाई बालिका, किशोरी, वयस्क, जेष्ठ र वृद्ध अवस्था गरी ५ अवस्थामा विभाजन गर्न सकिने बताउँदै अहिले वयस्क महिलाको मात्र समस्याको कुरा भइरहेको चर्चा गर्दै आराम गर्नुपर्ने उमेरमा समेत वृद्ध अवस्थाका महिलाहरू घरका विभिन्न काममा सक्रिय रहनुपर्ने स्थिति समाजमा रहेको र नातिना तिनालाई हेर्न र खाजा पकाएर खुवाउने लगायत काम गर्न नसकेको अवस्थामा अवस्थामा छोरा बुहारीले घरबाटै निकाली दिने भोगाइ रहेको बताए ।
कार्यक्रममा महिला हिंसा न्यूनीकरणका लागि क्रियाशील पत्रकारहरू मीरा (उषा) लोहनी, लक्ष्मीपुन र सम्झना महर्जनका साथै समाजसेवी गीता गुरुङलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
महिला हिंसा न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा मानव अधिकारका लागि महिला एक महिला समूहकी संस्थापक अध्यक्ष एवम् राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापा र सिविन नेपालया कार्यकारी निर्देशक सुम्निमा तुलाधरले प्रमुख वक्ताका रूपमा महिला र बालिकाहरूले भोगिरहेका हिंसाका घटना सम्बन्धमा आफ्ना कुरा राखेका थिए । वक्ता थापाका अनुसार जस्तोसुकै नीति नियम तथा सोचमा परिवर्तन आयो भने पनि सनसनी फैलाउने विषयहरूले स्थानपाउने तर महिला सशक्तीकरणका विभिन्न मुद्दाहरूले सञ्चार माध्यममाअझै निकै कम मात्र स्थानपाएको उल्लेख गरे । जबसम्म सबै एक भएर साझा मुद्दाका रुपमाआवाज उठाउन सकिँदैन तबसम्म परिवर्तन टाढिँदै जाने उल्लेख गर्दै यसका लागि राजनीति, जाति, धर्मभन्दा पर मात्र महिला आवाज उठाउने महिला महासंघ आवश्यक रहेको बताए ।
अन्तरक्रियामा बालबालिका प्रतिहुने दुव्र्यवहार र हिंसाका विषयमा आफ्नो मन्तव्य राख्दै देशका उच्चपदस्थ व्यक्तिहरूको स्थानमा सडक बालबालिका, बालश्रमिकहरूको रहेको हेर्न चाहने कि नचाहने भनी प्रश्न गरे । कार्यक्रमका अतिथि मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्ता शर्माले नेपाल सरकारका विभिन्न प्रावधानहरूबारे लक्षित समूहसम्म ती सूचना पुग्न सकेको छैन भन्दै अभियानको उपलब्धिमध्ये विभिन्न संयन्त्रमा महिला समावेशीकरणको अभ्यास पनि भयो तर तिनै स्थानमा प्रतिनिधित्व गर्ने महिलाहरूले आवाज राख्न नसकेको अवस्था एकातिर छ भने अर्कोतिर उठाएको आवाज पनि सम्बोधननहुने अवस्था छ । यी अवस्था परिवर्तनमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्