१०% बोनस सेयर दिने रिलायन्स फाइनान्सको घोषणा «

१०% बोनस सेयर दिने रिलायन्स फाइनान्सको घोषणा

रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव गरेको छ । हिजो कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्