जोङसेन ब्राण्डको मोटरसाइकल नेपालमा «

जोङसेन ब्राण्डको मोटरसाइकल नेपालमा

चिनियाँ मोटरसाइकल ब्रान्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्रान्डका मोटरसाइकल नेपाल ल्याउने घोषणा गरेको हो ।
कम्पनीले जोङसेन मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा हास्य टेलिशृंखलाका कलाकार हरिश निरौला ‘कक्रोज’ लाई नियुक्त गरेको छ । कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री सुरु हुनेछ । हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको छ भने चाँडै नै नेपालका विभिन्न सहरहरुमा सोरुमसमेत स्थापना गर्ने जनाएको छ ।
कम्पनीले पहिलो चरणमा दुई मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दोस्रो चरणमा थप चार मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउने जनाएको छ । निकट भविष्यमा नै इलेक्ट्रिक स्कुटरसमेत नेपाल ल्याउने तयारीमा कम्पनी रहेको छ ।
जोङसेनका दुई लाखदेखि आठ लाखसम्मका मोटरसाइकल नेपाल भित्रने कम्पनीले जानकारी दिएको छ । जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ । चिनियाँ टप पाँच उत्पादकमध्ये एक रहेको कम्पनीले जनाएको छ ।
रिजोन मोटर्सले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा विस्तारको काम सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्