तीन जना युवाबाट सुरू भएको एफवानसफ्टमा हजार जनालाई रोजगारी «

तीन जना युवाबाट सुरू भएको एफवानसफ्टमा हजार जनालाई रोजगारी

नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औं वर्षमा प्रवेश गरेको छ । १७ वर्षको अवधिमा नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित भएको कम्पनीको दावी छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको बताइएको छ ।
एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ,
फोनलोन लगायतका अधिक रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ । तीन जना युवाले सुरू गरेको एफवान सफ्ट गु्रपले अहिले एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको दावी गरेको छ ।
“एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ” कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, “हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेका छौँ ।”
एफवान सफ्ट गु्रप अन्तरगत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्