अनैतिक व्यक्तिलाई देशको जिम्मा दिन सकिँदैन : पौडेल «

अनैतिक व्यक्तिलाई देशको जिम्मा दिन सकिँदैन : पौडेल

तनहुँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सार्वभौम संसद्मा जनताबाट निर्वाचित प्रतिनिधिले अमर्यादित प्रधानमन्त्रीलाई स्वीकार्न नसकिने बताएका छन् ।
नेपाली कांग्रसले देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नभए असंवैधानिक कदम चाल्ने व्यक्तिलाई वैधानिक हिसाबले स्वीकारेको ठहरिन्छ । नैतिक हिसाबले प्रधानमन्त्री केपी ओलीले सरकारमा बसिरहन मिल्दैन । यदि संसदले प्रधानमन्त्रीलाई स्वीकारिरहने हो भने लोकतन्त्रको यो भन्दा ठूलो अपमान हुन सक्दैन ।’
राजनीतिक संस्कार र नैतिकताको खडेरी परेको समयमा सांसदहरुको योग्यता, क्षमता र इमान्दारितामा प्रश्न नउठोस् भन्ने आफ्नो आशय रहेको उनको भनाइ थियो । ‘अहिले नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको छ । नेतृत्व उत्तरदायी नभएको कारण लामो समयसम्म हाम्रो राजनीतिमा खडेरी परेको छ । यसको विकल्प खोज्नुपर्छ,’ उनले भने । तत्कालको राजनीतिक संकटलाई हल गर्न नेपाली कांगे्रसले निकास दिन सक्ने उनले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्