उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरू लाभान्वित «

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरू लाभान्वित

ललितपुर महानगरपालिका–२९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताएका छन् । तालिमको समापन समारोहका प्रमुख अतिथि महर्जनले वडाका सबै सक्रिय भइदिनु भनेकै वडा सक्रिय हुनु हो भन्दै सक्रिय बनाउन आवश्यक तालिम तथा कार्यक्रमहरूको आयोजनामा आफू सधैं प्रतिबद्ध रहने बताए ।
कार्यक्रमका विशेष अतिथि इन्द्रदेवी महर्जनले सबैको मन्तब्य र कार्यक्रम सञ्चालन शैली देखेर आफू निकै प्रभावित भएको बताइन् ।
प्रशिक्षक सुरजवीर बज्राचार्यले “हिजो अगाडि उभिन डराएको स्मरण गर्दै आज बिना हिचकिचाहट आफ्ना कुरा राख्ने गुणको विकास भनेको नयाँजन्म सरह,” भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्