चैत २ गतेसम्म प्रदेशसभा बैठक स्थगित «

चैत २ गतेसम्म प्रदेशसभा बैठक स्थगित

विराटनगर-प्रदेश १ को प्रदेशसभा बैठक सरेको छ । फागुन २० गतेलाई वोलाइएको बैठक चैत २ गते बस्नेगरी सरेको हो ।
प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै प्रदेशसभा बैठक चैत २ गते साढे १२ बजेका लागि सारेको हो । प्रदेश–१ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । फागुन २० गतेको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने तयारी गरिएको भए पनि आकस्मिक रुपमा मंगलबार सूचना प्रकाशित गरी बैठक सरेको प्रदेश–१ को प्रदेसभा सचिवालयले जानकारी दिएको हो ।
मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव विधि विधानविपरीत दर्ता भएको भन्दै सत्तारुढ नेकपाको सरकार पक्षले विरोध गर्दै आएको छ । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेशा हुँदा सरकार पक्षका सांसदहरू र मन्त्रीहरू प्रदेशसभा बैठकमा उपस्थित भएका थिएनन् । नेकपा प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्तावका विषयमा भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस मौन बसेको छ । प्रदेशमा ओली र प्रचण्ड–माधव दुवै पक्षले कांग्रेसको साथ खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्