यूएनएफपिएद्वारा पिपिई तथा प्रजनन् स्वास्थ्य किट्स हस्तान्तरण «

यूएनएफपिएद्वारा पिपिई तथा प्रजनन् स्वास्थ्य किट्स हस्तान्तरण

एनएफपिएले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयलाई ६,०४८ सेट व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५०,००० जोडा ग्लोब्स, ५०,००० थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन् स्वास्थ्य सामग्री (आइएआरएच किट्स) हस्तान्तरण गरेको छ ।
नेपाल, चीन र यूएनएफपिए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु. तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको हो । प्रजनन् स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्नेछ ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्