चालू आर्थिक वर्षको ८ महिनामा १७ आगलागीका घटना, १० करोड ५७ लाखभन्दा बढीको क्षति «

चालू आर्थिक वर्षको ८ महिनामा १७ आगलागीका घटना, १० करोड ५७ लाखभन्दा बढीको क्षति

सोलुखुम्बु– सुक्खायाम सुरुभएसँगै आगलागीका घटनाहरू पनि बढिरहेका छन् । यो वर्ष पानीकम परेको र हावामा सुक्खापन ज्यादा भएका कारण आगलाली एवं डढेलोको घटना बढिरहेका हुन् ।
चालू आर्थिक वर्ष २०७७-७८ को ८ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको आजको मितिसम्म सो संख्यामा आगलागी भएका हुन् ।
८ वटा स्थानीयतह रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी सोलुदूधकुण्ड नगरपालिकामा आगलागीका घटना घटेको पाइन्छ । वडा नं ११ तिंलाकागोकर्ण कार्कीको घरमाअसोज २५ गते, तिंगाकै सुनिल थापाको घरमा मंसिर ९ गते, १० नम्बर वडाका नाङठिले शेर्पाको घरमा पुस १ गते र वडा नं ६ दोर्पुबजारमा रहेको सोलु एफएममा यही सोमबार गरी नगरपालिका क्षेत्रमाजम्मा ४ वटा आगजनीका घटना भएका छन् ।
त्यस्तै जिल्लाकै नेचा सल्यानगाउँपालिका र माप्यदूधकोसी गाउँपालिकामा ३-३ वटा, महाकुलुङ गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा २÷२ वटा, थुलुङ दूधकोसी गाउँपालिका र सोताङ गाउँपालिकामा १÷१ वटा आगलागीका घटना भएका छन् । लिखुपिके गाउँपालिकामा भने अहिलेसम्म कुनै आगलागीका घटना नघटेको तथ्यांकले देखाउँछ ।
जिल्लामा हालसम्म भएका आगलागीबाट २ बालबालिकाको ज्यान गएको छ भने एक बालक घाईते भएका छन् । नेचा सल्यानमा भएको आगलागीमा परी ७ वर्षका बालक र ४ वर्षीय बालिकाको ज्यान गएको थियो भने तिंलाका सुनिल थापा मगरको घरमा भएको आगोमा परी १४ वर्षीय बालक घाइते भएका थिए ।
खुम्बु पासाङल्हामु गाउँपालिका ४ फार्चेस्थित निमाकर्मा शेर्पाको घरमा भएको आगलागी सुक्खायाम सुरु भएयताकै सबैभन्दा ठूलो र बढी क्षति भएको आगलागी मानिएको छ । सुरु भएको करिब ५ घण्टा पछि नियन्त्रणमा आएको आगलागीबाटतिन करोड ९३ लाख १५ हजार बराबरको क्षति भएको थियो । हालसम्म जिल्लामा भएका आगलागीबाट १० करोड ५७ लाख ४० हजार सय बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्