क्यान्सर पीडित सविताका लागि १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन «

क्यान्सर पीडित सविताका लागि १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन

सोलुखुम्बु-खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की २३ वर्षीया क्यान्सर पीडित सविता थापा मगरलाई १ लाख २३ हजार ३५ रुपैयाँ सहयोग संकलन गरिएको छ ।
दुई महिना अघिदेखि टाउकोमा क्यान्सर भएपछि टिचिङ अस्पतालमा उपचाररत मगरका लागि स्थानीय तुलबहदाुर थापा मगरको नेतृत्व तथा क्यान्सर पीडितका ससुरा दिलबहदाुर थापा मगरको समन्वयनमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।
तुलबहादुरले सोलखुम्बुमा चलाएको अभियानबाट १ लाख ६ सय ३५, काठमाडौंबाट ५ हजार र मलेसियामा रोजगारीको सिलसिलामा रहेका राजकुमार थापा मगरबाट १७ हजार ४ सय संकलन भएको हो ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपचारत रहेकी मगरलाई एनआईसी एसियाको खाता नम्बरमा ३२–१५–७५–११–३५–६०–७००१ मा सहयोग गर्न सकिनेछ ।
थापाको उपचारका लागि १६ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । तर, हालसम्म ६ लाख रुपैयाँ मात्रै जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्