साउदी महिलालाई रंगशाला खुला «

साउदी महिलालाई रंगशाला खुला

साउदी अरबको खेलकुद रंगशाला शुक्रबार पहिलो पटक महिलाका लागि खुला हुने भएको छ । साउदीको सूचना मन्त्रालयले विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो । १२ जनवरीमा अल अहली तथा अल ब्याटिन टोलीबीच हुने फूटबल खेल हेर्नका लागि महिलालाई अनुमती दिइएको छ ।
विज्ञप्तिका अनुसार १८ जनवरीमा हुने दोस्रो खेलका लागि पनि महिलाले टिकट किन्न पाउने भएका छन् । साउदी अरेबियाले महिलालाई रंगशालामा गएर खेलको प्रतिस्पर्धा हेर्नका लागि अनुमती दिएको यो पहिलो पटक हो । यो मुलुकले गत वषनै २०१८ मा महिलालार्य खेल हेर्नका लागि अनुमती दिने घोषणा गरेको थियो । यो कदमलाई साउदी ममिलालाई स्वतन्त्रता दिने पाइलको रुपमा हेरिएको छ ।
केही समय अगाडि यो रुढिवादी मुलुकले सवारी चलाउने अनुमती पनि दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्