हाउजेको सातौ सोरुम चाबहिलमा «

हाउजेको सातौ सोरुम चाबहिलमा

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।
एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीको दावी छ । रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकेको कम्पनीको भनाइ छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन् ।
रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन् । हाउजेको टीआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टीआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्ने बताइएको छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।
डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको बताइएको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।
हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ । बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।
यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । नगदमार्फत खरिद गर्न चाहने ग्राहकले सिधै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधा समेत उपलब्ध छ । त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्